संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानको टिकटको काल्पनिक अभाव र त्यसबाट हुने महँगो मूल्यबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । सहसचिव इन्दु घिमिरेको नेतृत्वमा रहेको कार्यदलमा गृह मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रतिनिधित्व रहेको छ । टिकट बिक्री, यात्रु खरिद र कालोबजारीका घटनाबारे विस्तृत अनुसन्धान गर्न कार्यदललाई निर्देशन दिइएको सहसचिव तथा मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए ।
समस्या समाधानका लागि सुझावसहितको प्रतिवेदन यथाशीघ्र पठाउनुपर्छ । यी सुझावका आधारमा मन्त्रालयले आवश्यक कारबाही गर्नेछ। पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई उडान सञ्चालन गर्ने वायुसेवा कम्पनीलाई बुधबार २४ घण्टाभित्र भाडादर बुझाउन निर्देशन दिएका छन् । मन्त्रालयका अनुसार नेपालबाट उडान भर्ने ११ विदेशी वायुसेवा कम्पनीले टिकटको मूल्य, उपलब्धता र यात्रुको तथ्याङ्कको जानकारी दिएर नियमको पालना गरेको छ ।
You may also like
-
भोटेकोशी विपत्तिको असर : पर्यटनको मुख्य सिजनमै २० प्रतिशत बुकिङ रद्द
-
कूटनीतिक पहलमार्फत सुस्ता विवाद समाधान गर्न सरकारसँग माग
-
न्यायाधीशलाई महाभियोग लगाइने दाबी तीन संस्थाले कुन आधारमा गरे ?
-
केञ्जोले बोलाउँदै छ तिम्बुङ
-
सरकारका निर्णयले लाभ होइन हानि गर्छ भने त्यस्ता निर्णय परिवर्तन हुन्छन् : सभापति लामिछाने
