स्कूलबाट शिक्षकको झुण्डिएको शव उद्धार

स्कूलबाटै झुण्डिएको अवस्थामा एक शिक्षकको शव फेला परेको छ। मृत शिक्षकको नाम अभिजीत नाग हो। तिनको घर धूपगुडीको मास्टरपाड़ा क्षेत्रमा रहेको छ। तिनले सिलिगढ़ीको इष्टर्न बाइपासनजिक जलेश्वरी बजारको छेउमा रहेको एउटा निजी विद्यालयमा पढाउँथे। हरेक हप्ता बिहीवार विद्यालय आउँथे। शुक्रवार र शनिवार कम्प्युटर कक्षा चलाएर आइतवार धूपगुड़ी फर्कन्थे अभिजित। बुधवार महाशिवरात्रि परेकाले विद्यालय बन्द थियो। प्रधान अध्यापकबाट चाबी लिएर राति विद्यालयमै बसेका थिए अभिजीत। आज बिहान विद्यार्थी र अभिभावकहरू विद्यालय आइपुग्दा गेटमा ताला लागेको देखे। त्यसपछि विद्यालयका अन्य शिक्षकहरूलाई खबर गरियो। अन्ततः ताला फुटाएर विद्यालय छिरेपछि अभिभावकहरूले उक्त शिक्षकलाई झुण्डिएको अवस्थामा फेला पारे। तत्कालै पुलिसलाई खबर गरियो। पुलिसले घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *