नेपाल–भारत जमुनाहा नाकामा सशस्त्र प्रहरीले तालिमप्राप्त कुकुरहरू परिचालन गरेको छ । उक्त नाकाबाट पछिल्लो समयमा लागुऔषध ओसारपसार बढ्दै गएको भन्दै नियन्त्रणका निम्ति तालिमप्राप्त कुकुर परिचालन गरिएको हो ।
तालिमप्राप्त कुकुर परिचालन गरेर सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । कुकुरलाई भारतबाट आउने हरेक व्यक्तिको सामान सुँघेर जाँच गराउन थालिएको सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर वागेश्वरीले जनाएको छ ।
जमुनाहामा परिचालित दुई तालिमप्राप्त कुकुरले विशेष गरी हातहतियार, विस्फोटक पदार्थ तथा लागुऔषधसम्बन्धी जाँचमा सघाइरहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर वागेश्वरीका प्रमुख भीमबहादुर चन्दले सीमा सुरक्षालाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यानुसार अब नियमित रूपमा यस्ता तालिमप्राप्त कुकुरहरू तैनाथ रहने जानकारी दिए ।
सीमानाकामा कुकुर परिचालन गरिएसँगै अवैध ओसारपसार, अपराध तथा शंकास्पद गतिविधि गर्नेहरूमा त्रास हुने र नियन्त्रणमा थप प्रभावकारिता आउने उनले विश्वास व्यक्त गरे ।
१०० रुपैयाँभन्दा बढीको सामान भारतबाट ल्याउँदा भन्सार शुल्क अनिवार्य तिर्नुपर्ने नियममा कडाइ गरिएपछि नाकाको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन कुकुर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
You may also like
-
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
-
महँगी र कालोबजारी नियमन्त्रण गर्न सरकार असफल : कांग्रेस सासद केसी
-
स्तन क्यान्सर सचेतनाका लागि पिंकवाक’ हुँदै
-
प्रधानमन्त्री शाह र अमेरिकको कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
-
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्न कांग्रेसको आग्रह
