केन्द्रबाट आवास योजना वा सय दिनको काम जस्ता विभिन्न योजनाको रकम आउन बन्द भएको छ। यस्तो परिस्थितिमा 2025-26 आर्थिक वर्षका लागि मङ्गलवार सिलगढ़ी महकुमा परिषदले 130 करोड़ रुपियाँको बजेट प्रस्तुत गरेको छ। गत वर्षको बजेटको तुलनामा यो 1 करोड़ रुपियाँ कम्ती हो। आम्दानी र खर्चमा लगभग सन्तुलन ल्याएर महकुमा परिषदको वर्तमान बोर्डले यसलाई शून्य ब्यालेन्स बजेट भनिरहेको छ। बजेटमा आफ्नै आम्दानी बढ़ाउन साथै महकुमा क्षेत्रको वातावरण तथा सुन्दर्यीकरणमाथि जोड़ दिइने निर्णय गरिएको छ।महकुमा परिषदका सभापति अरुण घोषले भने, गत वर्षको बजेटमा केन्द्रको विभिन्न योजनाको रकम समावेश गरिएको थियो। त्यसैले 131 करोड़ रुपियाँको बजेट बनाइएको थियो। तर त्यो रकम नआएकाले यस वर्षको बजेटमा केन्द्रका ती योजनाहरूको रकम समावेश गरिएको छैन। जति आम्दानी हुनेछ त्यसअनुसार नै बजेट विनियोजन गरिएको छ।
बजेटमा स्वास्थ्य विकास स्थायी समितिका लागि 15 करोड़ 30 लाख, पुर्त तथा खेलकुद क्षेत्रमा 80 करोड़, कृषि, सिँचाइ तथा सहकारीमा 10 करोड़ 50 लाख, शिक्षा तथा संस्कृति क्षेत्रमा 10 करोड़, वन क्षेत्रमा 7 करोड़सहित अन्य क्षेत्रहरू मिलाएर मोठ 130 करोड़ रुपियाँको बजेट बनाइएको छ। पन्ध्रौँ वित्त आयोगबाट प्राप्त रकम साथै आफ्नै कोषको रकम पनि समावेश गरिएको छ। सिलगढ़ी महकुमा परिषदको तर्फबाट आफ्नै आम्दानी बढ़ाउन पर्यटन केन्द्रहरू निर्माण गर्ने योजना बनाइएको छ। यसैअन्तर्गत नक्सलबारी र फाँसीदेवा ब्लकमा चार स्थान पहिचान गरिएको छ। ती स्थानहरूमा अतिक्रमण गरिएको छ। तिनीलाई पुनः प्राप्त गरी महकुमा परिषदको तर्फबाट साना पर्यटन केन्द्रहरूको संरचना निर्माण गरिनेछ। यसको माध्यमबाट रोजगारका अवसरहरू सिर्जना हुनेछ साथै आम्दानीको बाटो खोलिने बोर्डले दाबी गरेको छ।
खेल स्तर उन्नत गर्न नक्सलबारीमा इण्डोर स्टेडियमको संरचना निर्माण भइरहेको छ। उत्तर बङ्गाल विकास विभागको तर्फबाट यसको पहिलो चरणका लागि साढ़े तीन करोड़ रुपियाँ दिइएको छ। इण्डोर खेल संरचनासहित त्यहाँ स्वीमिङ पुल निर्माण गरिनेछ। साथै फाँसीदेवा ब्लकमा दुईवटा खेल मैदानलाई खेलयोग्य बनाउने निर्णय गरिएको छ।महकुमा क्षेत्रमा बहु-तले भवन निर्माणको भेटिङबाट परिषदलाई सबैभन्दा धेरै आम्दानी हुन्छ। यसै महीनामा नक्सलबारीमा मलबाट मल प्रशोधन केन्द्रको उद्घाटन गरिनेछ। यसका लागि महकुमा परिषदले झण्डै साढ़े तीन करोड़ रुपियाँ खर्च गरिसकेको छ। नयाँ परियोजनाहरूबाट पनि आम्दानी हुने परिषदको भनाइ छ। सभापतिको भनाइअनुसार, उत्तर बङ्गालमा यो पहिलोपटक मलबाट मल निर्माण परियोजना लागू हुँदैछ। साथै चारवटा टोल निर्माण गरिँदैछ जसबाट आम्दानी बढ्नेछ। मोडल पार्क निर्माण गरेर पनि आम्दानीको बाटो खोलिनेछ।
