एसएसबीद्वारा विश्व स्वास्थ्य दिवसमा जागरूकता कार्यक्रम

सशस्त्र सीमा बल (एसएसबी) को आठौँ वाहिनी, खोप्रेलको वाहिनी परिसरमा संदीक्षा परिवारद्वारा विश्व स्वास्थ्य दिवसमा जागरूकता कार्यक्रम आयोजना गरिएको जानकारी प्राप्त भएको छ। उक्त कार्यक्रममा आठौ वाहिनीकी संदीक्षा अध्यक्ष श्रीमती श्वेता गुप्ताले संदीक्षा सदस्यहरूलाई विश्व स्वास्थ्य दिवसको महत्त्वबारे जानकारी गराइन्। तिनले सदस्यहरूलाई आफ्नो दैनिक जीवनमा स्वास्थ्य सम्बन्धी गतिविधिहरू र उपायहरू अवलम्बन गर्न प्रेरित गरिन्। तिनले भविष्यमा हुनसक्ने गम्भीर रोगहरूबाट बाँच्ने उपायहरूबारे जानकारी गराँउदै सबै सदस्यहरूलाई समय-समयमा स्वास्थ्य जाँच गराउन अत्यन्त आवश्यक रहेको विषयमाथि जोड़ दिइन्। कार्यक्रममा सहायक कमाण्डेण्ट (चिकित्सा) डाक्टर अनिशा गर्वाले संदीक्षा परिवारका सदस्यहरू र तिनीहरूका बालक-बालिकाहरूलाई श्री अन्न (मिलेट्स) र मानव शरीरलाई यसको फाइदाहरूबारे विस्तृत जानकारी गराँउदै मिलेट्सको उपयोगिता र यसलाई दैनिक भोजनमा समावेश गर्ने तरिकाहरूबारे पनि बताइन्। संदीक्षा अध्यक्ष श्रीमती श्वेता गुप्ताले कार्यक्रममा सहभागी सबै संदीक्षा सदस्यहरूलाई धन्यवाद ज्ञापन गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *