मिरिक महकुमाअन्तर्गत सौरनी ग्राम पञ्चायतको बुङकुलुङ बस्तीस्थित शिवालय परिवार नामक सामाजिक संस्थाले सरसफाई अभियान सम्पन्न गरेको छ। संस्थाले मैना समाज भवनदेखि माया राईको घरसम्म क्षेत्रमा सरसफाई गरेको हो।
विशेष गरी बुङकुलुङ बस्तीमा धेरै वर्षदेखि धेरै सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरूको आगमन भइरहेको छ। क्षेत्रमा पर्यटकहरू आउने हुँदा नै यसरी सरसफाई अभियान सञ्चालन गरिएको संस्थाका मुख्य संयोजक तथा सामाजिक कार्यकर्ता एन. बी. लिम्बूले बताए।
शिवालय परिवारका सभापति वीरबहादुर लिम्बू अनि सचिव गङ्गा लिम्बूको अगुवाइमा संस्थाका सम्पूर्ण सदस्यहरूले बिहान 10 बजीदेखि मध्याह्न 12 बजीसम्म सरसफाई अभियानमा सक्रिय सहभागिता जनाएका थिए। यस संस्थाले समय-समयमा विभिन्न सामाजिक कार्यहरू पनि गर्दै आइरहेको लिम्बूले थप जानकारी दिए।