सिलगढ़ीको इष्टर्न बाइपासमा ठूलो सड़क दुर्घटना भएको छ। यस दुर्घटनामा तीव्र गतिमा चलाइएको वाहनले ठक्कर दिँदा धेरैजना घाइते भएका छन्। घटनापछि क्षुब्ध भीड़ले उक्त वाहन तोड़फोड़ गरिदिएको छ। प्राप्त रिपोर्टहरूअनुसार, दुर्घटना सोमवार राति भयो जब ठाकुरनगर क्षेत्रबाट आशीघर मोड़तर्फ जाँदै गरेको एउटा वाहनले भाग्न खोज्दा धेरै ई-रिक्सा, स्कूटी, बाइक, साइकल तथा अर्को वाहनलाई ठक्कर दियो। स्थानीय मानिसहरूले उक्त वाहनलाई पिछा गर्दै रोक्न सफल भए। तर वाहन चालक र वाहनमा सवार अन्य दुई व्यक्तिले घटनास्थलबाट सुइँकुच्चा ठोके। त्यसपछि क्षुब्ध भीड़ले उक्त वाहन तोड़फोड़ गरिदिएको हो।
दुर्घटनामा परेर धेरै व्यक्ति घाइते बनेका छन् जसमा तीनजनाको अवस्था गम्भीर बताइएको छ। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि सिलगढ़ी सदर अस्पताल लगिएको छ। सूचना प्राप्त भएपछि आशीघर चौकी पुलिस घटनास्थलमा पुगेर उक्त वाहनलाई नियन्त्रणमा लिएर पुलिस चौकीमा लगेको छ। पुलिसले घटनाबारे जाँच आरम्भ गरेको छ। स्थानीय मानिसहरूले चालक अनि अन्य व्यक्तिले मदिरा सेवन गरेको आरोप लगाएका छन्। मदिरा सेवनकै कारण दुर्घटना भएको पनि स्थानीय मानिसहरूको आरोप छ।
