जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली बेइजिङ प्रस्थान गरेका छन् । चिनियाँ प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले भ्रातृ छिमेकी चीन भ्रमण सुरु गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिभिआइपी लाउन्जमा गृहमन्त्री रमेश लेखक र उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीलाई बिदाइ गरेका थिए । प्रधानमन्त्री ओलीलाई बिदाइ गर्न उच्च सरकारी अधिकारी, सुरक्षा निकायका कमाण्डर र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पनि विमानस्थल पुगेका थिए । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली बेइजिङमा रहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेट्ने छन् ।
प्रधानमन्त्री ओलीले पेकिङ युनिभर्सिटी र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड, नेपाल उद्योग वाणिज्य महासंघ र बेइजिङस्थित नेपाली दूतावासको सहकार्यमा आयोजना हुने नेपाल–चीन व्यापार मञ्चको कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसद, उच्च सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता रहेको छ ।प्रधानमन्त्री ओली मङ्सिर ५ गते नेपाल आउन लागेका हुन् । घर।
You may also like
-
प्रदेश सरकारमा एमाले-नेकपा गठबन्धन गर्ने सहमति, पाँच प्रदेश नेतृत्व भागबन्डा टुंगियो
-
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
-
दुई घण्टा गाडी चढेर स्कुल पुग्छन् होल्डिङ सेन्टरका बालबालिका
-
चीन भ्रमणको तयारीमा रवि लामिछाने, राष्ट्रपति सी चिनफिङसँग भेटको प्रयास
-
आजसम्म शिक्षा र स्वास्थ्यमा नागरिकले तिरेको कर फिर्ता हुन्छ कि हुँदैन ?
