परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको आन्तरिक तयारी भइरहेको छ भने भ्रमणको मिति र विस्तृत तालिका छिट्टै सार्वजनिक गरिनेछ । खनालले गएको सातामात्रै भारतको तीनदिने औपचारिक भ्रमण गरेका थिए ।
बुधबार मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा मन्त्री खनालले राष्ट्रिय हितका विषयमा सरकार, राजनीतिक दल, राज्यका निकाय तथा सञ्चार क्षेत्रबीच साझा धारणा आवश्यक रहेको बताए ।
उनले विदेशस्थित नेपाली नियोगमा आवश्यकताअनुसार जनशक्ति र पूर्वाधार सुदृढ गर्ने, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई थप प्रभावकारी बनाउने तथा राहदानीको बायोमेट्रिक प्रणालीमा देखिएका चुनौती समाधान गर्ने योजना रहेको जानकारी दिए ।
आफ्नो हालैको भारत भ्रमण उपलब्धिमूलक रहेको उल्लेख गर्दै खनालले द्विपक्षीय हितका विषयमा भारतीय समकक्षीसँग सकारात्मक छलफल भएको उल्लेख गरे ।
You may also like
-
प्रदेश सरकारमा एमाले-नेकपा गठबन्धन गर्ने सहमति, पाँच प्रदेश नेतृत्व भागबन्डा टुंगियो
-
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
-
दुई घण्टा गाडी चढेर स्कुल पुग्छन् होल्डिङ सेन्टरका बालबालिका
-
चीन भ्रमणको तयारीमा रवि लामिछाने, राष्ट्रपति सी चिनफिङसँग भेटको प्रयास
-
आजसम्म शिक्षा र स्वास्थ्यमा नागरिकले तिरेको कर फिर्ता हुन्छ कि हुँदैन ?
