भौगोलिक दृष्टिकोणले खेतीपातीका लागि उपयुक्त मानिने मिरिक महकुमाको बुङकुलुङ बस्तीमा विभिन्न खेतीपाती गरेर मानिसहरूले आमदानी गरिरहेका छन। उसै त बुङकुलुङ बस्तीमा पहाड़ अनि मदेध खण्डमा हुने प्राय सबै प्रकारका सागसब्जी, अन्न्नवालीको खेती हुँदछ। बुङकुलुङ बस्तीमा युगौँदेखि एक महिलाले अनारसको खेती गरेर अर्थ आर्जन गरिरहेकी छन्। बुङकुलुङ बस्तीका अनारस किसानले चिनिन्छन् बिबीमाया लिम्बू।
तिनले अनारसको खेती गरेर राम्रो आमदानी गरिरहेकी छन्। बिमीमाया लिम्बूको भनाइमा आफूले जानेकोदेखि अनारसको खेती गर्दै आएकी हुन्। अहिले पनि तिनी आफै अनारसको स्याहार सुसार गर्छिन् अनि पाकेपछि बेच्छन्। जुलाई अनि अगस्त महीनामा अनारस बुङकुलुङ बस्तीमा पाक्ने गरेको तिनले बताइन्। यहाँ उत्पादित अनारस लप्चु पेशोकमा धेरै बिक्री हुने अनि स्थानीय बजारमा पनि अनारसको दाम राम्रो पाइने तिनले बताइन्।
बारीबाटै तीसदेखि पचास रुपियाँमा अनारस बिक्री हुने जानकारी गराँउदै एकपल्टमा चार सयसम्म अनारस टिप्ने गरिएको तिनले बताइन्। अनारस खेतीका लागि बुङकुलुङ बस्तीको मौसम उपयुक्त रहेको तिनको भनाइ छ। यहाँ अनारसको खेतीलाई अझ विकसित गर्न पर्याप्त सम्भावना रहेको कारण सम्बन्धित निकायले यसलाई सम्बर्द्धन गर्न ठोस पहल गर्नुपर्ने तिनले आह्वान गरेकी छन्। त्यसो गिरए यहाँका धेरै मानिसहरूले रोजगार पाउन सक्ने तिनले बताइन्।