एमजेएन मेडिकल कलेजमा रोगी कल्याण समितिको बैठक

कोचबिहार एमजेएन मेडिकल कलेज औ अस्पतालमा रोगी कल्याण समितिको बैठक सम्पन्न भएको छ। बुधवारको बैठकमा अस्पतालको भौतिक संरचना सम्बन्धी विभिन्न विषयमाथि छलफल गरिएको जानकारी प्राप्त भएको छ। सूनिती रोडको छेउमा अस्पतालको एउटा भवन निर्माण गरिएको छ जसको निर्माण कार्य लगभग समाप्त हुने क्रममा छ। चाँड़ै त्यस भवनमा स्वास्थ चिकित्सा परिसेवा आरम्भ गर्ने पहल गरिने बताइएको छ।

हालको मौसममा शिशु रोगीहरूको सङ्ख्या बढञिरहेको हुँदा चिकित्सकहरूलाई त्यसतर्फ विशेष ध्यान दिन आग्रह गरिएको छ। आजको बैठकमा अध्यक्ष तथा प्रिन्सिपल निर्मलकुमार मण्डल, एमएसभीपी सौरदीप राय लगायत अन्य उपस्थित थिए। जनप्रतिनिधिको रूपमा रोगी कल्याण समिति सदस्य बनेपछि पहिलोपटक अभिजीत दे भौमिकले आजको बैठकमा सहभागिता जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *