सिलगढ़ीको हिल कार्ट रोडस्थि ज्वेलरी दोकानमा हालै भएको सशस्त्र डकैतीको घटनामा सिलगढ़ी कमिश्नरेट पुलिसले अर्को आरोपीलाई पनि पक्राउ गरेको छ। आरोपी एमडी आशान बिहार राज्यको दरभङ्गाका वासिन्दा हुन्।
गत आइतवार दिउँसो दुई महिलाहरूसहित मोठ 7 जना लुटाहाहरूको समूहहले दोकानमा प्रवेश गरेर कर्मचारी र सुरक्षा गार्डहरूलाई बाँधेर करोड़ौँ रुपियाँको सुन र हिराका गहना लुटेको घटनापछि यो पक्राउ गरिएको हो। डकैतीपछि भाग्न खोजिरहेका समूहका दुई लुटेराहरूलाई त्यतिखेर नै पक्राउ गरिएको थियो।
पक्राउ परेका दुई लुटेराहरूलाई सोधपुछपछि मोबाइल नम्बरको ट्रेस गरेर पुलिसले एमडी आशानलाई बिहारमा ट्र्याक गऱ्यो। त्यसपछि बिहारबाट तिनलाई पक्राउ गरियो। तिनलाई बिहीवार सिलिगढ़ी ल्याएर न्यायालयमा प्रस्तुत गरियो। डकैतीमा सामेल रहेका बाँकी सदस्यहरूको पत्तो लगाउन अनि पक्राउ गर्न पुलिसले प्रयास जारी राखेको छ।