धेरै टीकको काठ जफत

ठूलो सफलता हात पार्दै बक्सा टाइगर प्रोजेक्टका वन विभाग अधिकारीहरूले करोड़ौँ रुपियाँ बराबरको बर्मा टीक काठ जफत गरेका छन्। यी काठहरू काँचका बोतलहरूले ढाकेर तस्करी गरिँदै थियो। गोप्य सूचनाको आधारमा तस्करीको यो प्रयास विफल पारिएको हो। प्राप्त रिपोर्टअनुसार, शुक्रवार बिहान बक्सा टाइगर प्रोजेक्टअन्तर्गत निमती रेञ्जका अधिकारी र कर्मचारीहरूले कालचिनी ब्लकको निमतीस्थित राष्ट्रिय राजमार्ग नम्बर 31 मा एउटा ट्रक रोकेर खोजी गर्दा काँचका बोतलहरूले ढाकेर ठूलो परिमाणमा काठ तस्करी गरिँदै थियो। जफत गरिएका यी काठहरू उच्च मूल्यका छन्।
काठको अवैध सङ्कलनको परिमाण देखेर वन अधिकारीहरू अचम्मित भएका थिए। यद्यपि ट्रक चालक भने कार्वाहीको क्रममा भाग्न सफल भएको बताइएको छ। वन विभाग सूत्रअनुसार काठ असमबाट निमती हुँदै सिलगढ़ी लगिरहेको थियो। अहिले यस तस्करी गिरोहको विषयमा जाँच भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *