काठमाडौं महानगरपालिकाले नेपाली फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) को म्युरल बनाएको छ। महानगरपालिकाले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा कोटेश्वरको सरस्वती पार्कमा साम्बा म्युरल बनाएको छ। शहरको सौन्दर्यीकरण अभियानअन्तर्गत भित्तिचित्र निर्माण गरिएको महानगरपालिकाले जनाएको छ। साम्बासँगै स्वर्गीय फुटबलर मणि शाहको म्युरल पनि बनाइएको छ। साथै माइतीघर, बबरमहल, मीन भवन, बानेश्वर लैनचौरमा पनि यस्ता भित्तिचित्र बनाइने महानगरपालिकाले जनाएको छ।
You may also like
-
कोशी ब्यारेजदेखि इटहरीको पकली चोकसम्म कर्फ्यु
-
देवानगन्ज घटनापछि विभिन्न क्षेत्रको अपिल : अफवाहबाट टाढा रही सामाजिक सद्भाव र संयमता अपनाऔं
-
प्रदेश सरकारमा एमाले-नेकपा गठबन्धन गर्ने सहमति, पाँच प्रदेश नेतृत्व भागबन्डा टुंगियो
-
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
-
दुई घण्टा गाडी चढेर स्कुल पुग्छन् होल्डिङ सेन्टरका बालबालिका
