पाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक साताभित्रै सानेपास्थित पार्टी कार्यालयमा सभापतिको कुर्सीमा गगनकुमार थापा बस्ने घोषणा गरेका छन्।
उनले केन्द्रीय कार्यसमितिले गरेको कारबाहीको निर्णय विशेष महाधिवेशनले खारेज गरेको भन्दै अब थापा सभापतिको कुर्सीमा सानेपा जाने बताए।
“हामी कसैलाई पनि कारबाही गर्दैनौँ, विधानसम्मत नेतृत्व छानेर पार्टी कार्यालय जान्छौँ,” विशेष महाधिवेशन हललाई सम्बोधन गर्दै शर्माले भने। विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढेको छ। पार्टी केन्द्रीय कार्यसमितिले कारबाही गरेपछि थापा र शर्मा विशेष महाधिवेशनस्थलमा गएर सम्बोधन गरेका छन्।
You may also like
-
एमाले केन्द्रीय सदस्यमा १३ जना मनोनीत, वडा र पालिका अधिवेशनको मिति तय
-
तातोपानी र कोराला नाका खोल्न चीनसँग समन्वय भइरहेको छ : परराष्ट्र मन्त्रालय
-
नेकपाले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
-
विराटनगरमा राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता हुने
-
विमानस्थलको हवाई ट्राफिक नियन्त्रण सुधार्न जापानले २ अर्ब ७७ करोड रुपैयाँ दिने
