एजेन्सी: बाँकेको राप्ती सोनारी गाउँपालिका-९ मा हुँदै आएको डुवान र कटानबाट बस्ती जोगाउन लागि भत्ताखोलालाई तटबन्धन गरिएको छ ।
गुरुवागाउँ हुँदै ढकेरी बजारसम्मको बस्तीमा प्रत्येक वर्ष डुवान र कटान गर्दै आएको भत्ताखोलाको बाढीलाई नियन्त्रण गर्ने दीर्घकालीन योजना अन्तरगत बस्ती भन्दा पर जङ्गल क्षेत्रबाटै खोलालाई तटबन्धन गरिएको राप्ती सोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले जानकारी दिए ।
“प्रत्येक वर्ष वर्षायाममा ठूलो पानी पर्नासाथ भत्ताखोलामा आउने बाढीले वडाका गाउँबस्तीमा डुवान तथा कटान गर्ने समस्यालाई समाधान गर्न खोलालाईनै तटबन्धन गर्न सफल भएका छौँ”, वडाध्यक्ष थारुले भने,“अब वर्षायाममा भत्ताखोलाको बाढीले गाउँबस्ती डुवानमा पर्ने समस्या हटेको छ ।”