ललितपुरमा बाढीपीडितका परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । टिकाथलीमा मनसुनी बाढीका कारण अत्याधिक प्रभावित ८३ जनाभन्दा बढीले राहत सामाग्री लिएका सेनापति दमन बी घलेले जानकारी दिए । रोटरी क्लब अफ हिमालयन गल्फर्सका नवनिर्वाचित अध्यक्ष घलेले राहत प्याकेजमा अधिकांश किराना र न्यानो सुत्ने सामग्री रहेको बताए ।
नोभेम्बर १० मा स्थानीय सरकार, रोटरी क्लब अफ हिमालयन गल्फर्स, सेन्ट जोन एसोसिएसन अफ नेपाल, होप फर नेपाल, ओम योगालय र स्थानीय स्वयंसेवी संस्थाका अधिकारीहरूसँगै टोली बाढी पीडितको घरमा पुग्यो। सेन्ट जोन्स एसोसिएसनले जारी गरेको विज्ञप्ति अनुसार सम्पूर्ण सहयोग कार्यक्रमको संयोजन जनरल घलेले गरेका थिए ।
You may also like
-
लगातारको सुक्खा पहिरोले तातोपानी भन्सार असुरक्षित
-
यो आम रूपमा मुख थुन्ने प्रयास जस्तै देखिन्छ’ नेपालको स्वतन्त्र प्रेसमाथि बालेन्द्र शाहको प्रहार
-
अरूसँग होइन, हिजोको आफूसँग प्रतिस्पर्धा गरेँ : मिस नेपाल दीपमाला ढकाल
-
भुटेको मकै : अब सहरियाको ‘हेल्दी स्न्याक्स’
-
ज्येष्ठ नागरिकका पीडा : आराम-सम्मानको उमेरमा अपमान र दुर्व्यवहार
