मङ्गलवार दिउँसो बैठकमा युद्धकालीन अभ्यासबारे अन्तिम निर्णय गरिने

भारत र पाकिस्तानबीच क्रमशः तनाउ बढ़िरहेको छ। लगभग युद्ध जस्तो परिस्थिति बनेको छ। यस्तो पृष्ठभूमिमा भारत सरकारले सोमवार एउटा ठूलो निर्णय लिएको छ। युद्धकालीन परिस्थिति ध्यानमा राख्दै लामो समयपछि सर्वसाधारण जनताका लागि युद्धकालीन अभ्यास (मक ड्रिल) गर्ने निर्देश दिइएको छ। 7 मई अर्थात बुधवार भारतभरि यो अभ्यास गरिनेछ र यस राज्यमा पनि यही अभ्यास हुनेछ। देशभरि लगभग 250 स्थानहरूमा यो अभ्यास गरिने बताइएको छ।
पश्चिम बङ्गालका कति स्थानहरू समावेश छन्? एउटा सूत्रअनुसार चारवटा स्थानमा अभ्यास हुन सक्छ। तर अर्को सूचीमा लगभग 31 स्थानहरूको नाम उल्लेख गरिएको छ। यद्यपि मङ्गलवार दिउँसोसम्म कुन सूची सही हो भन्ने पुष्टि हुन सकेको थिएन। जुन सूचीमा 31 स्थानहरू उल्लेख छन् त्यसअनुसार पश्चिम बङ्गालमा वर्ग 1 मा पर्ने कुनै पनि स्थान छैन। वर्ग 2 मा 24 स्थानहरू छन् भने वर्ग 3 मा 7 स्थानहरू छन्। वर्ग 2 अन्तर्गतका स्थानहरूमा कोचबिहार, दार्जीलिङ, जलपाइगढ़ी, मालदा, सिलगढ़ी, कोलकाता, दुर्गापुर, हल्दिया, बालुरघाट, हासीमारा, दिनहाटा, कालेबुङ लगायत मोठ 24 स्थानहरू छन्। वर्ग 3 अन्तर्गत बर्धमान, बीरभूम, पूर्व र पश्चिम मेदिनीपुर, हाउड़ा, हुगली र मुर्शिदाबाद समावेश छन्।
युद्धको तयारीको सन्दर्भमा मङ्गलवार बिहान लगभग 10.45 बजी केन्द्रीय गृह सचिवसित राज्यहरूको भिडियो कन्फरेन्समार्फत बैठक भयो। त्यसपछि दिउँसो 4.30 अर्को बैठक हुने तय भएको छ। देशभर लगभग 250 स्थानहरूमा अभ्यास हुनेछ। तीमध्ये पश्चिम बङ्गालका कति स्थानहरूमा अभ्यास हुनेछ भन्ने कुरा दिउँसोको बैठकमा अन्तिम निर्णय हुनेछ। उक्त बैठकमा राज्यतर्फबाट गृह सचिवले प्रतिनिधित्व गर्नेछन्। निर्णय भएपछि राज्य सरकारले यसबारे जानकारी दिने सूत्रले बताएको छ। बुधवारको अभ्यासमा जिल्ला शासक, पुलिस अधीक्षक, विद्युत विभागका अधिकारीहरू, दमकल, पुलिस, सिभिल डिफेन्स तथा होम गार्ड, डाक्टर, नर्स, एनसीसी स्वयंसेवकहरू, स्कूल-कलेजका विद्यार्थीहरू सहभागी हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *