एजेन्सी: गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन् । एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको हो
एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । उनीहरुको वैवाहिक सम्बन्ध १० महिना पनि टिक्न सकेन । एलिनाका दाइ प्रल्हाद चौहानले सम्बन्धविच्छेदको पुष्टि गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘मेरी बहिनीले तिमीबाट भोगेका शारीरिक, मानसिक र भावनात्मक यातनाको हिसाब आजबाट समाप्त भएको छ । आजदेखी मेरी बहिनी र विष्णु सापकोटाको सम्बन्ध कानूनी रुपमा समाप्त भइसकेको छ
एलिनाले श्रीमानसँग अंश र मानाचामलको दावी गरेकी छैनन् । त्यही भएर डिभोर्स प्रक्रिया छिटो भएको हो । हाल अष्ट्रेलियामा बस्दै आएका बिष्णुले वारेसमार्फत डिभोर्सको मुद्दा लडेका थिए ।
You may also like
-
काठमाडौंमा मनाइयो चिनियाँ पर्यटन दिवस
-
नेपालको वसन्त पर्वतारोहण सिजनका लागि १,१८१ विदेशी पर्वतारोहीले अनुमति प्राप्त गरे
-
आगामी बजेटबारे विशेषज्ञसँग परामर्श गर्न वित्त समिति
-
आईसीसी विश्वकप लिग: यूएसए सबै आउट १९५
-
स्वास्थ्य सेवा कानून सम्मेलनले स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय प्रदान गर्ने कानूनमा जोड दिन्छ
