अन्नपूर्ण क्षेत्रमा भूकम्पको धक्का

अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । आज बिहान १०ः१३ बजे कास्की र मनाङ जिल्लाको सीमावर्ती अन्नपूर्ण क्षेत्रमा केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

यसअघि गत नोभेम्बर ७ मा दोलखाको ओराङ नजिकै केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्पको धक्का महशुस भइरहेको छ । हिमाली क्षेत्रमा अवस्थित भएकाले नेपाललाई भूकम्पीय क्षेत्र मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *