विकासको प्रतीक्षामा जिल्लावासी

मदारीहाट विधानसभाको उपनिर्वाचनमा तृणमूलको जीतपछि पहिलोपल्ट तीन दिने भ्रमणमा मुख्यमन्त्री ममता ब्यानर्जी अलिपुरद्वार आइपुगेकी छन्। प्रशासनिक सूत्रअनुसार, तिनले बुधवार शहरको प्यारेड ग्राउण्डमा प्रशासनिक सभा गर्नेछन्छ। बिहीवार कालचिनीको सुवाषिणी चियाबारीको मैदानमा विभिन्न सरकारी योजनाहरूको सुविधाको वितरण कार्यक्रममा पनि तिनी सहभागी हुनेछन्। मुख्यमन्त्रीको यस भ्रमणमा जिल्लाको विकासमा तिनीबाट थुप्रै घोषणाहरू सुन्न पाइने अपेक्षामा छन् अलिपुरद्वार वासिन्दा।कालचिनीको हासीमारा सेना छाउनीमा मङ्गलवार दिउँसो 3 बजीतिर मुख्यमन्त्रीको विमान अवतरण भयो। तिनलाई स्वागत गर्न राज्यसभा सदस्य तथा तृणमूलका जिल्ला अध्यक्ष प्रकाशचिक बराइक, मदारीहाट उपनिर्वाचनमा विजयी विधायक जयप्रकाश टोप्पो, अलिपुरद्वारका विधायक सुमन काञ्जीलाल र जयगाउँ डेभलपमेण्ट अथोरिटीका चेयरम्यान गङ्गाप्रसाद शर्मा उपस्थित थिए। प्रशासनको तर्फबाट जिल्ला अधिकारी आर विमला र पुलिस अधीक्षक वाई रघुवंशी पनि उपस्थित थिए।
केही बेरपछि हासीमारा सेना छाउनीदेखि मालङ्गी वन बङ्गलोतर्फ मुख्यमन्त्रीको कन्भोय अघि बढ्यो। केही पर बाटोमा तृणमूलका राज्य सचिव तथा अलिपुरद्वार बार एसोसिएसनका अध्यक्ष मृदुल गोस्वामी र सचिव सुह्रिद मजुमदार प्रतीक्षामा थिए। मृदुललाई देख्न साथ मुख्यमन्त्रीले वाहन रोकेर तिनीसित कुराकानी गरिन्। मृदुलले भने, दल नेतृसँग थोरै मात्र कुराकानी भयो। हामीले बार एसोसिएसनको तर्फबाट अलिपुरद्वार न्यायालयको नयाँ भवनको उद्घाटनका लागि मुख्यमन्त्रीलाई निमन्त्रण गर्यौँर। मुख्यमन्त्रीले प्रयास गर्ने बताएकी छन्। साथै बुधवारको प्रशासनिक सभा र बिहीवारको सरकारी योजनाहरूको वितरण कार्यक्रममा मलाई सहभागी बन्न निमन्त्रण दिएकी छन्।
मालङ्गी वन बङ्गोमा पुग्नअघि हासीमारा गुरुद्वारामा पनि मुख्यमन्त्रीले वाहन रोकिन्। त्यहाँ प्रसाद ग्रहण गरेपछि मालङ्गी वन बङ्गोनजिकै मुख्यमन्त्रीको वाहन धेरैपल्ट रोकियो। एकजना शिशुको आग्रहमा मुख्यमन्त्रीले तिनको फोटोमा अटोग्राफ गरिदिइन्। तृणमूल नेताहरूअनुसार, 2019 देखि 2024 को पहिले केही महीनासम्म गणना गर्दा यस जिल्लामा सबै लोकसभा र विधानसभा निर्वाचनमा पार्टी पराजित भएको थियो। तर 2024 को अन्त्यमा मदारीहाट विधानसभाको उपनिर्वाचनमा पार्टी विजयी भयो। त्यसपछि मुख्यमन्त्रीको यो पहिलो अलिपुरद्वार भ्रमण हो। तिनकै नेतृत्वमा 2014 मा अलिपुरद्वारले नयाँ जिल्लाको मान्यता पाएको हो। तर अलिपुरद्वार अझै पूर्ण जिल्लाको रूप लिन सकेको छैन। यहाँ अझैसम्म एउटा मात्र महकुमा छ।प्रशासनिक कार्यका लागि टाढ़ा-टाढ़ाबाट मानिसहरूले अलिपुरद्वारको महकुमा अधिकारीको कार्यालयमा पुग्न विभिन्न कठिनाइ भोग्नुपर्छ। यसकारण मुख्यमन्त्रीको यसपल्टको भ्रमणबाट जिल्लाको प्रशासनिक स्वरूपमा पनि सुधार हुने अपेक्षा गरिएको छ। राज्यसभा सदस्य प्रकाशले भने, मुख्यमन्त्रीकै नेतृत्वमा अलिपुरद्वार नयाँ जिल्ला बनेको हो। नयाँ जिल्ला बनेपछि मुख्यमन्त्रीले यहाँ धेरै उपहार दिएकी छन्। आगामी दिन तिनकै नेतृत्वमा यस जिल्लाको अझ विकास हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *