एजेन्सी: दुई दिनसम्म देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण हालसम्म १९ जिल्लामा मानवीय क्षति भएको छ।
नेपाल प्रहरीबाट केटिएम दैनिकले प्राप्त गरेको आज बिहान ६:०० बजेसम्मको अद्यावधिक विवरणअनुसार १९ जिल्लामा १९२ जनाले ज्यान गुमाइसकेका छन् ।
वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर घाइते हुनेहरूको सङ्ख्या ९६ पुगेको छ । विपद्बाट २९ जिल्लाका मानिसहरू घाइते भएका छन् ।
विपद्ले सबैभन्दा बढी क्षति काभ्रे जिल्लामा गरेको देखिन्छ । काभ्रे जिल्लामा ५० जना व्यक्तिहरूले ज्यान गुमाएका छन् भने १० जना बेपत्ता र १९ घाइते रहेका छन् ।
धादिङमा ३९ जनाको निधन भएको छ भने सात जना घाइते छन् । धादिङको झ्याप्लेखोलामा पुरिएका सवारीसाधनबाट ३९ व्यक्तिको शव निकालिएको हो । मृतकहरू विभिन्न जिल्लाका हुन् ।
ललितपुरमा ३३ जनाको निधन, आठ बेपत्ता र घाइतेको सङ्ख्या १८ छ । सङ्घीय राजधानी काठमाडौँमै १७ जनाको निधन हुँदा दुई जना बेपत्ता र १८ व्यक्ति घाइते छन् ।
सिन्धुपाल्चोक जिल्लामा १० जना व्यक्तिले ज्यान गुमाएका छन् दुई बेपत्ता र १६ व्यक्तिहरू घाइते भएको तथ्याङ्क छ ।
जिल्लागत रूपमा हेर्दा मकवानपुर र दोलखामा सात/सात जना, भक्तपुर, पाँचथर र सोलुखुम्बुमा पाँच/पाँच जना, झापा, धनकुटा, महोत्तरी, रौतहट र सिन्धुलीमा दुई/दुई जना, उदयपुर, इलाम, सप्तरी र रामेछापमा एक/एक जना गरी कूल १९२ जनाको निधन भएको हो ।
You may also like
-
भोटेकोशी विपत्तिको असर : पर्यटनको मुख्य सिजनमै २० प्रतिशत बुकिङ रद्द
-
कूटनीतिक पहलमार्फत सुस्ता विवाद समाधान गर्न सरकारसँग माग
-
न्यायाधीशलाई महाभियोग लगाइने दाबी तीन संस्थाले कुन आधारमा गरे ?
-
केञ्जोले बोलाउँदै छ तिम्बुङ
-
सरकारका निर्णयले लाभ होइन हानि गर्छ भने त्यस्ता निर्णय परिवर्तन हुन्छन् : सभापति लामिछाने
