पुल निर्माणमा प्रशासनद्वारा एनओसीको माग

तुङसुङ-समरिक पानी क्षेत्रमा 32 समुदाय अनि अजय एडवर्ड्सको समर्थनमा पुल निर्माण कार्य चलिरहेको छ। तर बिहीवार अचानक पुल निर्माण प्रक्रिया अवधि जीटीए र खण्ड विकास कार्यालयका प्रशासनिक अधिकारीहरूको आगमन हुँदा स्थिति निकै तात्तियो। प्रशासनिक अधिकारीहरूले पुल निर्माणमा एनओसी माग गरे। त्यसरी अधिकारीहरूले पुल निर्माणमा एनओसीको माग गर्दा स्थानीय मानिसहरूले “हामी नै एनओसी हौँ, जनता नै एनओसी हो” उत्तर दिए।
एकजना स्थानीयले भने, दशकौँसम्म यस क्षेत्रका जनताको समस्यामाथि बैह्रो बनेको प्रशासन अचानक एनओसीको विवरण माग्न यसरी आएको देख्दा आश्चर्य लागिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *