कांग्रेसले सोध्यो खड्कालाई स्पष्टीकरण

पार्टीका पूर्व उपसभापति पूर्णबहादुर खड्कालाई नेपाली कांग्रेसले सात दिने स्पष्टीकरण सोधेको छ । केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठले पूर्व उपसभापति खड्कालाई सात दिने स्पष्टीकरण सोधेको हो । अनुशासन समितिले खड्काले कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८२ चैत्र १४ गते अनाधिकृत बक्तब्य जारी गरेका थिए । पार्टीले लेटरप्याडको गलत प्रयोगबारे यसअघि नै सचेत गराएको थियो । खड्काले अनधिकृत रुपमा मिति २०८२ चैत ३० गते प्रेस विज्ञप्ती जारी गर्ने कार्य पार्टीको विधान विपरित देखिएकाले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सात) दिने स्पष्टीकरण सोधिएको सचिव थापामगरले विज्ञप्तीमार्फत जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *