एजेन्सी: ८ स्थित भैरूम माध्यमिक विद्यालयमा अतिरिक्त समयमा चिनियाँ भाषा र सूचना प्रविधि (आईटी)सम्बन्धी कक्षा सञ्चालन गरिएको छ । यहाँ अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई चिनियाँ भाषा र आईटी सम्बन्धी ज्ञान दिने उद्देश्यले कक्षा सञ्चालनमा ल्याइएको हो ।
चिनियाँ दूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी बिहानी समयमा अतिरिक्त कक्षा सञ्चालन गर्न थालिएको जिल्ला समन्वय समितिका उपप्रमुख दलबहादुर तामाङले जानकारी दिए । समन्वय समितिले कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गरिरहेको उनले बताए ।
यहाँ पहिलो पटक नमुनाका रूपमा चिनियाँ दूतावासको सहयोगमा भाषा र कम्प्युटर शिक्षाका कक्षा सञ्चालनमा ल्याइएको हो । यो कार्यक्रम सफल भएमा क्रमशः अन्य विद्यालयमा पनि विस्तार गर्ने योजना रहेको दूतावासले जनाएको छ ।
‘नेपाली विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा वा शुल्क तिरेर चीन जाने गरेका छन् । सोसम्बन्धी प्रारम्भिक शिक्षा दिन सुरु गरेका छौं । यसले विद्यार्थीलाई भाषा र कम्युटर अध्ययनसम्बन्धी जानकारी दिने भएकाले यो कक्षा प्रभावकारी हुने विश्वास लिएका छौं’, जिल्ला समन्वय समितिका उपप्रमुख तामाङले भने ।
You may also like
-
लगातारको सुक्खा पहिरोले तातोपानी भन्सार असुरक्षित
-
यो आम रूपमा मुख थुन्ने प्रयास जस्तै देखिन्छ’ नेपालको स्वतन्त्र प्रेसमाथि बालेन्द्र शाहको प्रहार
-
अरूसँग होइन, हिजोको आफूसँग प्रतिस्पर्धा गरेँ : मिस नेपाल दीपमाला ढकाल
-
भुटेको मकै : अब सहरियाको ‘हेल्दी स्न्याक्स’
-
ज्येष्ठ नागरिकका पीडा : आराम-सम्मानको उमेरमा अपमान र दुर्व्यवहार
