हेटौंडा र काठमाडौँ बीच चल्ने कान्ति राजमार्ग असार ४ गतेदेखि चार दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्ति राजमार्गको बगुवामा रहेको बागमती नदीमाथिको बेली ब्रिज मर्मत नभएसम्म चार दिनका लागि बन्द गर्ने घोषणा गरेको छ।
मकवानपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेलले असार ४ गतेदेखि असार ७ गतेसम्म यो रुट पूर्ण रूपमा बन्द हुने सूचना जारी गरेका छन्। हेटौंडाबाट काठमाडौँ र काठमाडौँबाट हेटौंडा जाने सवारी साधनहरूलाई यस समयमा फरक-फरक रुट प्रयोग गर्न आग्रह गरिएको छ।
You may also like
-
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
-
महँगी र कालोबजारी नियमन्त्रण गर्न सरकार असफल : कांग्रेस सासद केसी
-
स्तन क्यान्सर सचेतनाका लागि पिंकवाक’ हुँदै
-
प्रधानमन्त्री शाह र अमेरिकको कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
-
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्न कांग्रेसको आग्रह
