दुर्घटनामा कार्गो वाहनका चालक घाइते

सिलगढ़ीमा डम्परसित ठोक्किँदा एउटा सानो कार्गो वाहनका चालक घाइते भएका छन्। प्राप्त रिपोर्टअनुसार, बिहीवार बिहान मतिगढ़ादेखि दार्जीलिङ मोड़तर्फ जाँदै गरेको डम्पर र दार्जीलिङ मोड़देखि मतिगढ़ातर्फ आइरहेको सानो कार्गो वाहन आपस्तमा ठोक्किए। उक्त ठक्करको कारण सेनाको एउटा वाहन पनि क्षतिग्रस्त भएको छ। त्यससितै दुर्घटनामा कार्गो वाहनका चालक घाइते भएका छन्। घटनाको जानकारी पाएपछि सिलगढ़ी जङ्क्शन ट्राफिक गार्डका कर्मचारीहरू घटनास्थलमा पुगे। तिनीहरूले घाइते चालकलाई उद्धार गरी उपचारका लागि सिलगढ़ी जिल्ला अस्पताल पठाए। यसैबीच मतिगढ़ा पुलिसले डम्परलाई नियन्त्रणमा लिएर घटनाबारे जाँच आरम्भ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *