सन् १९६३ मा बनेको ट्रस ब्रिज जीर्ण अवस्थामा थियो, त्यसैले रु ८ करोडमा प्रतिस्थापन पक्की पुल निर्माण गरिएको थियो । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले नयाँ पक्की पुलले ठूला सवारी साधन ओहोरदोहोर गर्न सक्ने भएकाले नुवाकोट र धादिङका बासिन्दाको यात्रा थप सहज भएको दाबी गर्छन् ।
११ मिटर चौडा दुई लेनको पुलमा सरकारले आठ करोड रुपैयाँ खर्च गरेको छ । ‘डिजाइन एण्ड बिल्ड मोडल’ अन्तर्गत ‘बक्स कोडर प्रिस्टेस’ प्रविधि प्रयोग गरी निर्माण गरिएको पुल सुरक्षित, बलियो र भार क्षमता बढी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
भर्खरै निर्माण गरिएको पुल यातायात सेवा सञ्चालन गर्न प्रयोग भइरहेको छ। पुरानो ट्रस पुलमा एउटै लेनबाट आठ मेट्रिक टन बोक्न सकिन्छ। यो पुलले ३५ मेट्रिक टन वजन सपोर्ट गर्न सक्छ।