एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव पर्‍यो

नेपाल फुटबल लिग (एनएफएल) मा तीन नयाँ टोली थप्न आह्वान गरिएको बोलपत्रमा २० वटा प्रस्ताव परेको छ। त्यसमध्ये छनोट हुने तीन टिमले मात्रै लिग खेल्न पाउनेछन्।
एनएफएलका कमिश्नर राजु घिसिङले भने, ‘आठ सहर लक्षित गरी खोलिएको बोलपत्रमा २० वटा प्रस्ताव प्राप्त भएको छ। पेश गरिएका बिडिङ रकम, व्यावसायिक तथा वित्तीय पृष्ठभूमि, सामाजिक विश्वसनीयता र १० वर्षको क्लब सञ्चालन योजनाको आधारमा तीन टोली छनोट गरिनेछ।’
नयाँ टोलीका लागि विराटनगर, धरान, जनकपुर, वीरगन्ज, हेटौंडा, भक्तपुर, नेपालगन्ज र सुर्खेतका लागि प्रस्ताव माग गरिएको थियो।
घोषणा गरिएको सात वर्षमा तीनपल्ट आयोजित नेपाल सुपरलिग ९एनएसएल० छाडेका ७ क्लब काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी एनएफएलका संस्थापक हुन्। यी सात क्लब र नयाँ तीन टिमसहित १० टोलीले ‘होम एन्ड अवे’को आधारमा एनएफएलमा प्रतिस्पर्धा गर्नेछन्। पहिलो संस्करण फागुन १ गते सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *