दैलेखको भैरवी गाउँपालिकाको कालिगौडा भित्री सडक खण्डमा बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
सुर्खेतबाट कालीकोटका लागि गुडेको सुप ०१००१ च ४९६४ नम्बरको डबल क्याप बलेरो जिप आज दिउँसो दुर्घटनामा परेको हो।
दुर्घटनमा परी ३ जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा कालिकोटका चालक कलबहादुर रोकाय, मित्र सुनार र पुल्तिसरा विक छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
ब्रेक फेल भएर जिप सडक ४ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।
You may also like
-
भोटेकोशी विपत्तिको सातौं दिन : खोजी–उद्धार कहाँ पुग्यो, पीडितको अवस्था कस्तो छ ?
-
भोटेकोशी बाढी : डीएनए नमुना दिन शव भेटिएकै ठाउँ पुग्नुपर्दैन
-
नेपालको कठिन अवस्थामा भारतको सहयोग निरन्तर रहन्छ : भारतीय रक्षामन्त्री सिंह
-
अमेरिकाबाट डीएनए परीक्षण किट र फ्रिजर तथा चीनबाट ड्रोन ल्याइँदै
-
अस्ट्रेलियाबाट राहत सामग्री र जनशक्ति आउँदै
