गृहमन्त्री सुधन विवादमा तानिए, राजीनामा दिन माग

गृहमन्त्री सुधन गुरुङ विवादमा तानिएका छन् । सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका व्यापारी दीपक भट्टसँग कनेक्सन देखिएपछि गृहमन्त्री गुरुङ विवादमा तानिएका हुन् । भट्टसँग साझेदारी रहेको विषय बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पनि मन्त्री गुरुङको विषयमा चर्चा चलेको छ । विवादास्पद व्यापारी भट्टसम्बद्ध स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको कागजात सार्वजनिक भएको छ । यस विषयमा रास्वपाका सांसदहरूले पनि गुहमन्त्री गुरुङलाई तत्काल पदबाट राजीनामा गराउन सभापति रवि लामिछानेलाई दबाब दिएका छन् । सरकार गठन भएको एक महिना नपुग्दै मन्त्रीहरूमाथि विभिन्न प्रश्नहरू आउन थानेपछि सभापति लामिछाने तनावमा देखिएका छन् । लामिछानेले गृहमन्त्री गुरुङका बारेमा प्रधानमन्त्री बालेन शाहसँग भेटेर छलफल गर्ने रास्वपाका एक नेताले बताए ।
जेनजी मुभमेन्टले गृहमन्त्री गुरुङलाई पनि गम्भीर आरोपको निष्पक्ष छानबिनका लागि तत्काल पदबाट बर्खास्त गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *