बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ मा रहेको श्री बेंगा साह माध्यमिक विद्यालयको नयाँ विद्यालय तथा पुस्तकालय भवन निर्माणका लागि शिलान्यास गरिएको छ। शिलान्यास भारतका महावाणिज्यदूत देवी सहाय मीना र गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जैसवालले संयुक्त रूपमा गरेका हुन्। भारत सरकारको करिब ३३.२ मिलियन नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त परियोजना ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत सञ्चालन गरिनेछ। परियोजना प्रसौनी गाउँपालिकामार्फत् कार्यान्वयन हुने जनाइएको छ। निर्माणाधीन भवनमा आधुनिक कक्षाकोठासहित पुस्तकालय, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, क्यान्टिन र भान्छा लगायतका सुविधा समेटिनेछन्। दुईदेखि तीन तल्लासम्मका शैक्षिक संरचना निर्माण गरिने योजना छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाहरूले भारत सरकारको सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ भवनले विद्यार्थीलाई सुरक्षित र अनुकूल शैक्षिक वातावरण प्रदान गर्ने विश्वास व्यक्त गरे। छिमेकी राष्ट्रका रूपमा नेपाल–भारतबीच बहुआयामिक सहयोग रहँदै आएको उल्लेख गर्दै यस्ता परियोजनाले नेपालको विकास प्रयासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
You may also like
-
देवानगन्ज घटनापछि विभिन्न क्षेत्रको अपिल : अफवाहबाट टाढा रही सामाजिक सद्भाव र संयमता अपनाऔं
-
प्रदेश सरकारमा एमाले-नेकपा गठबन्धन गर्ने सहमति, पाँच प्रदेश नेतृत्व भागबन्डा टुंगियो
-
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
-
दुई घण्टा गाडी चढेर स्कुल पुग्छन् होल्डिङ सेन्टरका बालबालिका
-
चीन भ्रमणको तयारीमा रवि लामिछाने, राष्ट्रपति सी चिनफिङसँग भेटको प्रयास
