कदमा मोड़मा दिउँसै चितुवा

दिउँसै पानीघट्टा कदमा मोड़मा चितुवा देखेका परेको छ। गत केही दिनदेखि पानीघट्टा चियाबारीका गाउँहरूमा चितुवाले बाख्रा, सुङ्गुर मार्ने र लैजाने गरेको घटना प्रकाशमा आइरहेको थियो। आज दिउँसै पानीघट्टा कदमा मोड़मा पानीघट्टा चियाबारीभित्र चितुवा देखिएपछि मानिसहरूमा आतङ्क सिर्जना भएको छ। उक्त सड़कमा दैनिक पैदल हिँड्ने मानिसहरू, विद्याहरू लगायत स्कुटी र बाइकवा सवारी गर्नेहरूलाई झनै डर भएको छ। यसरी दिउँसै चितुवा निस्किएपछि राति अझ डर हुने स्थानीय मानिसहरू बताउँछन्। पानीघट्टा क्षेत्रभरि नै अहिले चितुवाको रगरगीले विशेष गरेर पशु पालकहरूमा चिन्ता बढ़ेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *