युद्ध स्तरमा अमृत भारत परियोजनाको कार्य आरम्भ

व्यापारीहरू हट्दै गएपछि रेल्वेले जलपाइगढ़ी टाउन स्टेशनमा युद्ध स्तरमा अमृत भारत परियोजनाको कार्य आरम्भ गरेको छ। चाँड़ै नै स्टेशन बजार सामान्य अवस्थामा फर्किने व्यापारीहरूले आशा गरिरहेका छन्। मङ्गलवार बिहानैदेखि रेल प्रशासनले अर्थमूभर प्रयोग गरी व्यापारीहरूले छोड़ेका जलपाइगढ़ी टाउन स्टेशनको खाली ठाउँमा अमृत भारत परियोजनाको कार्यलाई तीव्रता दिएको छ।
आज बिहानैदेखि दशकौँदेखि टाउन स्टेशन संलग्न क्षेत्रमा व्यापार गर्दै आइरहेका व्यापारीहरूले आफ्नो पुरानो ठाउँ छोड़ी छेवैको रेलको पोखरी किनारमा आफ्नो व्यापार आरम्भ गरेका छन्। ग्राहकहरूका लागि बजारमा ठूलो ठाउँ उपलब्ध भएपछि थप सहज भएको छ साथै केही पर सरेर नयाँ स्थानमा पसल सजाएर साग-सब्जी, माछा र मासु विक्रेताहरू उत्साहसित व्यापार गरिरहेका छन्। वर्तमान अवस्थाबारे टाउन स्टेशन व्यापार सङ्घका एक प्रमुख सदस्य जयन्त करले भने, यो नयाँ होइन, हामी रेलको खाली स्थानमा सरेका हौँ किनकि हामी पनि जलपाइगढ़ीको विकास चाहन्छौँ, जलपाइढ़ी टाउन स्टेशनको उन्नति चाहन्छौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *