काठमाडौं उपत्यकामा आज वर्षकै सबैभन्दा चिसो दिन परेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा सबैभन्दा कम तापक्रम ३ दशमलव १ डिग्री मापन गरिएको छ । आज बिहान ८ बजेर ४५ मिनेटमा सार्वजनिक गरिएको महाशाखाको तापक्रम प्रतिवेदनमा जुम्लाको न्यूनतम तापक्रम माइनस ७ दशमलव २ डिग्री रहेको छ ।
अहिले देशमा पश्चिमी वायुको प्रभाव बढे पनि देशभरको मौसम सामान्यतया सफा रहेको छ । तराईका विभिन्न स्थानमा कुहिरो लागेको विभागले जनाएको छ । आज बिहान जारी गरिएको सल्लाह अनुसार देशको अधिकांश भूभागमा मौसम सफा रहनेछ । साथै शनिबार दिउँसो देशको बाँकी भूभागमा आंशिक बदली रही कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ।
You may also like
-
भोटेकोशी विपत्तिको असर : पर्यटनको मुख्य सिजनमै २० प्रतिशत बुकिङ रद्द
-
कूटनीतिक पहलमार्फत सुस्ता विवाद समाधान गर्न सरकारसँग माग
-
न्यायाधीशलाई महाभियोग लगाइने दाबी तीन संस्थाले कुन आधारमा गरे ?
-
केञ्जोले बोलाउँदै छ तिम्बुङ
-
सरकारका निर्णयले लाभ होइन हानि गर्छ भने त्यस्ता निर्णय परिवर्तन हुन्छन् : सभापति लामिछाने
