काठमाडौं उपत्यकाका कमलपोखरी, गौरीघाटलगायत स्थानमा छठ पूजा गर्ने गरेका छन् । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको समापन गरिएको छ । हिजो अस्ताउने क्रममा आस्थावानहरुले सूर्यलाई अर्घ दिएका थिए । त्यसपछि उनीहरु रातभर जाग्राम बसेर आज उदाउँदो सूर्यलाई अर्घ दिए । छठ पर्व चार दिनसम्म भक्तिभावपूर्वक मनाइन्छ । सूर्य र छठी माताको पूजा गर्नाले पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक सुख, रोगमुक्त जीवन तथा अनेक मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।
यस मान्यता अनुसार छठ पर्वका दिन कुण्ड, खोला, पोखरी र जलाशयमा भक्तजन जम्मा भएर सूर्यलाई अर्घ दिने गर्दछन् । यस पर्वमा बाँसको ढकी, डगरी, माटोको कोसिया कुरबर, हाटी लगायतका सामग्री पाइन्छ । त्यसैगरी, थेकुवा, भुसुवा, केरा, उखु, बेसार, अदुवालगायत विभिन्न मिठाइ तथा फलफूल प्रसादका रूपमा खुवाइन्छ । पहिले तराई मधेस र मिथिलाञ्चलका जनताले मात्रै मनाउने छठ पर्व पछिल्लो समय पहाडका बासिन्दाले पनि मनाउन थालेका छन् ।
You may also like
-
प्रदेश सरकारमा एमाले-नेकपा गठबन्धन गर्ने सहमति, पाँच प्रदेश नेतृत्व भागबन्डा टुंगियो
-
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
-
दुई घण्टा गाडी चढेर स्कुल पुग्छन् होल्डिङ सेन्टरका बालबालिका
-
चीन भ्रमणको तयारीमा रवि लामिछाने, राष्ट्रपति सी चिनफिङसँग भेटको प्रयास
-
आजसम्म शिक्षा र स्वास्थ्यमा नागरिकले तिरेको कर फिर्ता हुन्छ कि हुँदैन ?
