झापामा जङ्गली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४को मृत्यु


एजेन्सी: गत फागुनमा यहाँको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो ।

भट्टराई आफ्नो घरदेखि चार किलोमिटर दक्षिणस्थित चौकी बिराम सामुदायिक वनमा मृत फेला परेका थिए । गत पुसमा कचनकवल– ७ की कैलावती राजवंशीले हात्तीको आक्रमणमा परी ज्यान गुमाउनु भयो । यस वर्ष मात्रै जिल्लामा हात्तीको आक्रमणमा परी चार जनाले ज्यान गुमाए ।

बितेको १४ वर्षमा हात्तीको आक्रमणमा परी ६४ जनाले जिल्लामा ज्यान गुमाएको डिभिजन वन कार्यालय झापाका पशु चिकित्सक सोनाम भालले जानकारी दिए । सोही अवधीमा हात्तीको आक्रमणमा परी मृत्यु हुने विदेशी नागरिकको सङ्ख्या आठ रहेको छ । वि.स. २०६२ देखि हालसम्म झापामा २२ वटा जङ्गली हात्तीको मृत्यु भएको डा. भालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *