बिहीवार एनजेपी पुलिसले तस्कर गर्न अगावै 43 भैँसीसितै एउटा कण्टेनरलाई जफत गरेको छ। बिहीवार बिहान फूलबारीनजिक जोताईकारी क्षेत्रमा एउटा कण्टेनर रोकेर छानबिन गर्दा 20 वटा भैँसीसितै 23 वटा भैँसीका बाछा फेला पऱ्यो।
प्राप्त भएको गोप्य सूचनाको आधारमा सिलगढ़ी-जलपाइगढ़ी राष्ट्रिय राजमार्गको जोताईकाली क्षेत्रमा कार्वाही गर्दै कण्टेनरलाई रोकियो। कण्टेनरभित्र हेर्दा त्यहाँ भैँसीसितै बाछाहरू राखिएको पाइयो। भैँसीहरूलाई पाञ्जीपाड़ादेखि असम लगिँदै थियो। कण्टेनरको चालकलाई पक्राउ गरिएको छ। तिनलाई जलपाइगढ़ी जिल्ला सत्र न्यायालयमा प्रस्तुत गरिनेछ।