वाहनहरूको ठक्करमा 1 घाइते

दुईवटा मालवाहक वाहन आपस्तमा ठोक्किँदा 1 घाइते बनेका छन्। मङ्गलवार राति सिलगढ़ी-जलपाइगढ़ी 31 डी राष्ट्रिय राजमार्गको राजगञ्जस्थित सारियम मोड़ क्षेत्रमा यो दुर्घटना भएको हो। घाइते व्यक्तिको नाम रतन राय हो। प्राप्त जानकारीअनुसार, बितेको राति राजगञ्जको सारियम मोड़ क्षेत्रमा एउटा क्याण्टर ट्रक र लरी आपस्तमा ठोक्किएका थिए। उक्त घटनामा क्याण्टरका चालक घाइते भएका छन्। घाइते चालक मादक पदार्थ सेवन गरेर वाहन कुदाइरहेका आरोप छ। पछिल्लो जानकारीअनुसार खबर पाएपछि पुलिस घटनास्थलमा पुगेको थियो। घाइते चालकलाई उद्धार गरी राजगञ्ज ग्रामीण अस्पताल पठाइएको छ। यद्यपि लरीका चालकले भने घटनास्थलबाट सुइँकुच्चा ठोकेका छन्। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *