खानेपानी मन्त्री प्रदीप यादवले मेलम्चीको खानेपानी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पु¥याउने पाइपलाइनको काम यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन् । नजिकैको इन्द्रचोक, जनवाहल क्षेत्र, न्यूरोड, आसनलगायत स्थानमा भइरहेको पाइपलाइन निर्माणको कामको निरीक्षण गरी उनले यस्तो निर्देशन दिएका हुन् । उनले चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
गुणस्तर प्रत्याभूति नहुँदा विभिन्न स्थानमा पानी चुहिएको दाबी गर्दै मन्त्री यादवले जतिसक्दो चाँडो पानी चुहावट हुने क्षेत्र सच्याउन निर्देशन दिएका छन् । मन्त्री यादवसँग खानेपानी मन्त्रालयका सचिव प्रमिला देवि शाक्य बज्राचार्य र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पिआइडीका वरिष्ठ अधिकारी पनि सहभागी थिए ।
You may also like
-
झाँक्री प्रकाश भुजेलले म्यानपावर व्यवसायीलाई कुटपिट गरेपछि कार्यालय तोडफोड, भागेको भन्दै प्रहरी कार्यालय घेराऊ
-
भन्सार छली गरेको दुई किलो सुन र १० किलो चाँदी बरामद
-
हर्क साम्पाङको पार्टीमा ५ पदाधिकारी, केन्द्रीय समितिमा २३ जना
-
बाबुरामले भने- अन्तरिम सरकार कसैको दयामाया बनेको होइन, अहिलेको आवश्यकता हो
-
एसईईमा उत्कृष्ट नतिजा ल्याउने सिन्धुपाल्चोकका ६ विद्यार्थीलाई नगदसहित सम्मान
