काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । आज (शनिबार) दिउँसो २ बजे बस्नेगरी तय भएको बैठक अन्तिम समयमा स्थगित भएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्य व्यस्तताका कारण आजको बैठक स्थगित गरिएको प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले जानकारी दिएका छन् ।
‘अध्यक्षको कार्यव्यस्तताका कारण आजको बैठक स्थगित भएको छ,’ उनले भने । उनका अनुसार अर्को बैठक भोलि (आइतबार) बिहान ८ बजे बस्नेगरी तय भएको छ । यसअघि बिहीबार र शुक्रबार स्थायी समिति बैठक बसेको थियो । बैठकमा आगामी केन्द्रीय समिति बैठकको तयारीबारे छलफल भइरहेको नेताहरूले बताएका छन् ।
माओवादीको केन्द्रीय समिति बैठक भोलिदेखि बस्दैछ । प्रचण्डले स्थायी कमिटीको बैठकमा आएको सुझावलाई समेटेर भोलिको बैठकमा ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ भन्ने शीर्षकमा प्रतिवेदन पेश गर्दैछन् । त्यस बाहेक बैठकले प्रचण्डको प्रतिवेदनमा पछिल्ला सामयिक राजनीतिक घटनाक्रम, आगामी कार्ययोजना, प्रतिपक्षमा रहेको पार्टीको भूमिकालगायतको विषय समेट्ने बताइएको छ।
You may also like
-
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
-
महँगी र कालोबजारी नियमन्त्रण गर्न सरकार असफल : कांग्रेस सासद केसी
-
स्तन क्यान्सर सचेतनाका लागि पिंकवाक’ हुँदै
-
प्रधानमन्त्री शाह र अमेरिकको कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
-
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्न कांग्रेसको आग्रह
