पूर्व मेयर पीएल सिंहको निधनको सम्झनामा काठमाडौं महानगरपालिकाले आज शोक विदा दिएको छ । ८७ वर्षको उमेरमा उनको आज बिहान उपचारको क्रममा निधन भएको हो । पूर्वमेयर सिंहको निधनको सम्झनामा कामपाले केन्द्रीय कार्यालय र सबै वडा कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको कामपाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले जानकारी दिनुभयो । उनको प्रयासले २०५२ सालमा काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरियो ।
You may also like
-
भोटेकोशी विपत्तिको असर : पर्यटनको मुख्य सिजनमै २० प्रतिशत बुकिङ रद्द
-
कूटनीतिक पहलमार्फत सुस्ता विवाद समाधान गर्न सरकारसँग माग
-
न्यायाधीशलाई महाभियोग लगाइने दाबी तीन संस्थाले कुन आधारमा गरे ?
-
केञ्जोले बोलाउँदै छ तिम्बुङ
-
सरकारका निर्णयले लाभ होइन हानि गर्छ भने त्यस्ता निर्णय परिवर्तन हुन्छन् : सभापति लामिछाने
