चीनको तिब्बतको डिङ्ग्ये काउन्टीमा मङ्गलबार बिहान ६ बजेर ५० मिनेटमा गएको ७.० म्याग्नीच्युडको भूकम्पका कारण सोलुखुम्बु जिल्ला र खुम्बु पासाङ्ल्हामु गाउँपालिका क्षेत्रमा शक्तिशाली कम्पन भएको जनाइएको छ । भूकम्पबाट भएको भौतिक तथा मानवीय क्षतिको विवरण आउन बाँकी रहेको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाचिरी शेर्पाले जानकारी दिए । भौगोलिक चुनौती र आवागमन सुविधाहरूले सूचना प्रवाहमा ढिलाइ उत्पन्न गर्दछ।
भूकम्पले आसपासका स्थानीयवासी स्तब्ध भएको उनले बताए । भूकम्पको केन्द्रविन्दु डिङ्ग्ये र लोबुचेबाट नेपाल ९० किलोमिटर मात्र टाढा छ । भूकम्पबाट सम्भावित क्षतिको विवरण संकलन भइरहेको डिएसपी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । भूकम्पपछि सुरक्षा व्यवस्थालाई उच्च सतर्कतामा राखिएको छ भने स्थानीय प्रहरी प्रशासनको टोली स्थितिको आकलन गर्न पठाइएको छ । बिहान ६ः५० बजे सोलुखुम्बु क्षेत्रमा गएको भूकम्पका कारण स्थानीय बासिन्दा घरबार छोडेर अन्यत्र शरण लिन बाध्य भएका छन् ।
You may also like
-
हुम्लाको डाँडाफयामा भालुको आतङ्क, नियन्त्रणमा नलिए जनधनको क्षति हुनसक्ने सम्भावना
-
विपत्तिको कहर: १९ जिल्लामा मानवीय क्षति
-
पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी बचत
-
जोखिमयुक्त मानिसहरुको रक्षाका लागि कोशी प्रदेश स्तरीय मानवअधिकार सहायता कक्ष गठन
-
यति धेरै जनधनको क्षति हुँदा पनि ओलीमा कुनै पश्चाताप छैन : प्रचण्ड
