चीनको तिब्बतको डिङ्ग्ये काउन्टीमा मङ्गलबार बिहान ६ बजेर ५० मिनेटमा गएको ७.० म्याग्नीच्युडको भूकम्पका कारण सोलुखुम्बु जिल्ला र खुम्बु पासाङ्ल्हामु गाउँपालिका क्षेत्रमा शक्तिशाली कम्पन भएको जनाइएको छ । भूकम्पबाट भएको भौतिक तथा मानवीय क्षतिको विवरण आउन बाँकी रहेको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाचिरी शेर्पाले जानकारी दिए । भौगोलिक चुनौती र आवागमन सुविधाहरूले सूचना प्रवाहमा ढिलाइ उत्पन्न गर्दछ।
भूकम्पले आसपासका स्थानीयवासी स्तब्ध भएको उनले बताए । भूकम्पको केन्द्रविन्दु डिङ्ग्ये र लोबुचेबाट नेपाल ९० किलोमिटर मात्र टाढा छ । भूकम्पबाट सम्भावित क्षतिको विवरण संकलन भइरहेको डिएसपी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । भूकम्पपछि सुरक्षा व्यवस्थालाई उच्च सतर्कतामा राखिएको छ भने स्थानीय प्रहरी प्रशासनको टोली स्थितिको आकलन गर्न पठाइएको छ । बिहान ६ः५० बजे सोलुखुम्बु क्षेत्रमा गएको भूकम्पका कारण स्थानीय बासिन्दा घरबार छोडेर अन्यत्र शरण लिन बाध्य भएका छन् ।
You may also like
-
चीन भ्रमणको तयारीमा रवि लामिछाने, राष्ट्रपति सी चिनफिङसँग भेटको प्रयास
-
आजसम्म शिक्षा र स्वास्थ्यमा नागरिकले तिरेको कर फिर्ता हुन्छ कि हुँदैन ?
-
अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री शाहको तयारी के छ ?
-
मिटरब्याजलाई आर्थिक अपराध घोषणा गर्ने सहमति, ९ दिनदेखिको आन्दोलन स्थगित
-
रास्वपाको महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
