भोटेकोशी विपत्तिको सातौं दिन । खोजी र उद्धारमा सरकारी प्रयास जारी छ । रसुवा, नुवाकोट र धादिङका कैयौँ स्थान सडक सम्पर्कबाट बाहिर नै छन् । जलविद्युत् परियोजनाको टनेलमा फसेकाहरूको उद्धार प्रयास जारी छ । तर सफलता मिलिसकेको छैन । सरकारले राहत, उद्धार र खोजी कार्य कसरी जारी राखेको छ अनि शव व्यवस्थापनको काम कसरी भइरहेको छ ?
भोटेकोशी विपत्तिको सातौं दिन । रसुवासहित चितवन, धादिङ, तनहुँ, गोरखा, नुवाकोट र नवलपरासी पूर्वलगायतका ठाउँमा शव फेला परिरहेका छन् । अचानक बाढी आएको कारणबारे जलवायु विज्ञ, हिमाल र हिमनदीका विशेषज्ञहरू अध्ययनमा जुटेका छन् । बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनासहितका स्वयंसेवकहरू घाइतेहरूको उद्धार तथा खोजीमा जुटिरहेका छन् । अधिकांश उद्धार उडानहरू रसुवा, टिमुरे, त्रिशूली तथा धुन्चे क्षेत्रमा केन्द्रित रहेका छन् ।
यो घटनामा कतिको मृत्यु भयो, कति घाइते छन् र कति सम्पर्कबाहिर छन् भन्ने एकीकृत विवरण अझै संकलन भइसकेको छैन । सरकारले राहत तथा सहायता वितरणमा एकद्वार नीति कायम गरेको छ । त्यसका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सोझै रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ ।
You may also like
-
भोटेकोशी बाढी : डीएनए नमुना दिन शव भेटिएकै ठाउँ पुग्नुपर्दैन
-
नेपालको कठिन अवस्थामा भारतको सहयोग निरन्तर रहन्छ : भारतीय रक्षामन्त्री सिंह
-
अमेरिकाबाट डीएनए परीक्षण किट र फ्रिजर तथा चीनबाट ड्रोन ल्याइँदै
-
अस्ट्रेलियाबाट राहत सामग्री र जनशक्ति आउँदै
-
उद्धार तथा राहतका लागि एडीबीले ५० लाख अमेरिकी डलर अनुदान दिने
