राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणाले पार्टी परित्याग गरेका छन् । राणसँगै पदाधिकारीसहित १८३ जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्।
उपत्यकामा उपलब्ध पार्टीका केही पदाधिकारी, नेता, केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी, सदस्य एवं कार्यकर्ताहरूले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
बिहीबार एक वक्तव्य जारी गर्दै महामन्त्री राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केशव राज श्रेष्ठसहितका केन्द्रीय सदस्य तथा कार्यकर्ताहरूले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
अहिले पार्टी परित्याग गर्नेहरू पहिलो चरणको भएको बताइएको छ। मूल नेतृत्व को हिनभाव, कमजोरी एवं आत्मकेन्द्रीत शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेकाले आफूहरूले पार्टी छाड्नुपरेको वक्तव्यमा जनाइएको छ।
पार्टीको वैचारिक आधार र मान्यता लत्याउँदै, एकता महाधिवेशनको म्यान्डेट नजरअन्दाज गर्दै, केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई पार्टीको मूल नेतृत्व ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ गर्ने प्रचण्ड सरकारको न्यूनतम साझा कार्यक्रमको साझेदार बनेको उनीहरूले आरोप लगाएका छन् ।
केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समितिलगायत वैधानिक थलोमा पटकपटक प्रश्न उठ्दा सम्बन्धित पक्षबाट स्पष्टीकरण कहिले उपलब्ध नभएको पनि राणा पक्षको भनाइ छ ।
जेठभित्र महाधिवेशन सम्पन्न गर्ने केन्द्रीय कार्यसमितिको वैधानिक निर्णय उल्लंघन गरेको, राजसंस्था पुनर्स्थापनाका आन्दोलनहरू पटकपटक तुहाउन मूल अगुवा नै अग्रसर भएको उनीहरूको आरोप छ ।
You may also like
-
चीन भ्रमणको तयारीमा रवि लामिछाने, राष्ट्रपति सी चिनफिङसँग भेटको प्रयास
-
आजसम्म शिक्षा र स्वास्थ्यमा नागरिकले तिरेको कर फिर्ता हुन्छ कि हुँदैन ?
-
अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री शाहको तयारी के छ ?
-
मिटरब्याजलाई आर्थिक अपराध घोषणा गर्ने सहमति, ९ दिनदेखिको आन्दोलन स्थगित
-
रास्वपाको महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
