एक व्यक्तिको कुहिएको शव फेला परेको घटनाले निकै होहल्ला मच्चिएको छ। सोमवार जलपाइगढ़ी वन विभागको मोराघाट जङ्गलनजिक रहेको गयेरकट्टाको मधुबनी खोला क्षेत्रबाट शव फेला परेको हो। मृत व्यक्तिको नाम सूरज नाग (45) हो। तिनी बानरहाट थाना क्षेत्रअन्तर्गत गयेरकट्टाको हिन्दूपाड़ामा अबिस्ता लाइनका वासिन्दा थिए। स्थानीय सूत्रअनुसार, उक्त व्यक्ति मानसिक रूपले असन्तुलित थिए। केही समयअघि तिनकी पत्नीको मृत्यु भएको थियो। 1 जनवरीदेखि छिमेकीहरूले तिनलाई देखेका थिएनन्। आज खोलानजिकै तिनको कुहिएको शव फेला परेको छ।
बानरहाट पुलिस थानालाई जानकारी गराइएपछि पुलिस आएर शवलाई नियन्त्रणमा लियो। शवलाई पोस्टमर्टमका लागि पठाइएको छ। मृत्युको कारणबारे थाहा लागेको छैन। घटनाको जाँच भइरहेको छ।
