काठमाण्डु गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा सम्बोधन गरिदिन अनुरोध गर्दै प्रधानमन्त्रीले राष्ट्रपतिलाई आग्रह गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलललाई पत्र लेख्दै जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सम्बोधन गरिदिन आग्रहसहित पत्र लेखेका छन् । मन्त्रिपरिषदबाटै यस विषयमा राष्ट्रपतिलाई पत्राचार गर्ने निर्णय भएको थियो त्यसैअनुसार सरकारका मुख्य सचिव सुमनराज अर्यालले राष्ट्रपति कार्यालय शीतलनिवासमा पत्र पुर्याएका हुन् । पत्रमा संविधानको धारा ६६ को उपधारा २ बमोजिम जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गरिदिन सिफारिस गरिएको भए पनि स्रोतले उक्त धाराको आसय यो नभएको बताएको छ। गणतन्त्रको प्रतीक राष्ट्रपति भएको हुँदा उनले नै सम्बोधन गर्नु वाञ्छनीय हुने प्रधानमन्त्री कार्यालयको तर्क छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले पत्र आएको पुष्टि गरेपनि निर्णय नभएको बताए । विगतमा काठमाण्डु महानगरपालिकाको मेयर छँदा पनि बालेनले गणतन्त्र दिवसको विशेष समारोह अनुपस्थ्ति रहँदै आएका गरेका थिए ।
