एजेन्सी: प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको सिमकोट नजिकै निर्माण गरिएको चुवाखोला बेलिब्रिजको उद्घाटन गर्न हुम्ला प्रस्थान गरेका छन् । उक्त पुलको उद्घाटनसँगै हुम्ला सदरमुकाम सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिने छ
प्रधानमन्त्री ओली उद्घाटनका लागि आइतबार बिहान ११ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत आइपुगेका थिए । तर, खराब मौसमका कारण उनको टोली तत्कालै उडान गर्न सकेको थिएन ।
सुर्खेतको वीरेन्द्रनगरस्थित सेनाको उत्तर पश्चिम पृतना हेडक्वार्टरमा चार घण्टा मौसम खुल्ने प्रतीक्षामा बसेपछि प्रधानमन्त्री ओलीसहितको टोली हुम्लातर्फ प्रस्थान गरेको मुख्यमन्त्री यामलाल कँडेलको सचिवालयले जनाएको छ ।
हुम्लाको चुवाखोला पुल उद्घाटनका लागि तय कार्यक्रम आइतबार बिहान ११ बजेका लागि तय गरिएको थियो । गत मंसिरमा मुख्यमन्त्री कँडेलले हुम्ला भ्रमणका क्रममा स्थानीय विकासका साझा मागमध्ये प्राथमिकतामा राखिएको चुवाखोला बेलिब्रिज प्रधानमन्त्रीसँग समन्वय गरेर निर्माण सम्पन्न गराइएको हो ।
You may also like
-
हुम्लाको डाँडाफयामा भालुको आतङ्क, नियन्त्रणमा नलिए जनधनको क्षति हुनसक्ने सम्भावना
-
विपत्तिको कहर: १९ जिल्लामा मानवीय क्षति
-
पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी बचत
-
जोखिमयुक्त मानिसहरुको रक्षाका लागि कोशी प्रदेश स्तरीय मानवअधिकार सहायता कक्ष गठन
-
यति धेरै जनधनको क्षति हुँदा पनि ओलीमा कुनै पश्चाताप छैन : प्रचण्ड
