एजेन्सी: प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको सिमकोट नजिकै निर्माण गरिएको चुवाखोला बेलिब्रिजको उद्घाटन गर्न हुम्ला प्रस्थान गरेका छन् । उक्त पुलको उद्घाटनसँगै हुम्ला सदरमुकाम सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिने छ
प्रधानमन्त्री ओली उद्घाटनका लागि आइतबार बिहान ११ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत आइपुगेका थिए । तर, खराब मौसमका कारण उनको टोली तत्कालै उडान गर्न सकेको थिएन ।
सुर्खेतको वीरेन्द्रनगरस्थित सेनाको उत्तर पश्चिम पृतना हेडक्वार्टरमा चार घण्टा मौसम खुल्ने प्रतीक्षामा बसेपछि प्रधानमन्त्री ओलीसहितको टोली हुम्लातर्फ प्रस्थान गरेको मुख्यमन्त्री यामलाल कँडेलको सचिवालयले जनाएको छ ।
हुम्लाको चुवाखोला पुल उद्घाटनका लागि तय कार्यक्रम आइतबार बिहान ११ बजेका लागि तय गरिएको थियो । गत मंसिरमा मुख्यमन्त्री कँडेलले हुम्ला भ्रमणका क्रममा स्थानीय विकासका साझा मागमध्ये प्राथमिकतामा राखिएको चुवाखोला बेलिब्रिज प्रधानमन्त्रीसँग समन्वय गरेर निर्माण सम्पन्न गराइएको हो ।
You may also like
-
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
-
महँगी र कालोबजारी नियमन्त्रण गर्न सरकार असफल : कांग्रेस सासद केसी
-
स्तन क्यान्सर सचेतनाका लागि पिंकवाक’ हुँदै
-
प्रधानमन्त्री शाह र अमेरिकको कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
-
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्न कांग्रेसको आग्रह
